गायीका शान्ति श्री परियारको आवाजमा रहेको गीत 'न्याय मरेको देश' सार्वजनिक गरिएको छ।
सञ्चारकर्मी बिना श्रेष्ठको निर्देशनमा बनेको भिडियो बिहिबार राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। सार्वजनिक भिडियोले नारीहरु माथि घटेका बलात्कार,एसिड काण्ड र छाउ सम्बन्धि कथा बोल्छ।
राजेश पौडेलको शब्द रचना रहेको गीतमा दिनेश मुस्कानको संगीत रहेको छ। रश्मी शाक्यले निर्माण गरेको भिडियोमा उत्तम हुमागाईंको छायाँकन,अनिल कुमार महर्जनको सम्पादन रहेको छ।
भिडियोमा लक्ष्मी बर्देवा,सुशील पोखरेल,साक्षी लम्साल,पुजन घिमिरे,बासु शाही,अनिता पौडेलको अभिनय रहेको छ। 'न्याय मरेको देशमा' बोलको गीत अनुसार आफुले भिडियो निर्माणमा निकै नै मेहनत गरेको निर्देशक श्रेष्ठले बताइन्।