आफ्ना हरेक सिर्जना सार्वजनिक हुँदा चर्चामा रहँदै आएका गीतकार ध्रुव प्रसाद अम्गाईले नयाँ गीत 'माया तिरिरीरी' आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका छन्।
गीतकार ध्रुबप्रसाद अम्गाईले राधा र कृष्ण्को प्रेम कहानीलाई समेट्दै नेपाली समसामयिक विषयमा आधारीत 'माया तिरिरीरी'लाई एनाकाशी इन्टरटेन्टमेन्टमार्फत सार्वजनिक गरेका हुन्।
‘माया तिरिरीरी’मा रचना रिमाल र प्रताप दासको स्वर, राज सागरको संगीत अनि साहास शाक्यको एरेन्ज रहेको छ।
गीतको भिडियोमा सुधिर श्रेष्ठ र समिक्षा पोखरेलको अभिनय छ। शिशिर श्रेष्ठको निर्देशन, ज्ञानेन्द्र शर्माको क्यामेरा, सुबोल थापाको कोरियोग्रफी र अमृत चापागाईँको सम्पादन रहेको भिडियोलाई एनाक्षी इन्टरटेण्टमेन्टको युट्युब च्यानलले बजार ब्यवस्थापन गरेको हो। जनता डिजिटल फिल्म्सको पोष्ट प्रोडक्शनमा भिडियो निर्माण गरिएको हो।