गीतकार ज्योति गुरुङको नयाँ गीत ‘यो कस्तो माया’ सार्वजनिक भएको छ।
प्रेम वियोगको कथालाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको म्युजिक भिडिओमा ध्रुव दत्त, निरु कोइराला र आस्था जोशी बटाजुको अभिनय छ।
लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको गीतमा संगीत अर्जुन सुनमले दिएका छन्। भिडिओ कुशल श्रेष्ठले निर्देशन गरेका हुन्।
गीतको भिडिओमा एउटी नारी आर्दश प्रेमको विश्वासमा पर्दा पुरूषबाट पाएको धोका देखाउन खोजिएको निर्देशक श्रेष्ठले बताए।
बेलायतमा छायांकन भएको भिडिओ छायांकन तथा सम्पादन समेत निर्देशक श्रेष्ठले गरेका हुन्।