'बन्दै छ नेपाल' र्यापर मिस्टर डी (सन्दिप विष्ट) को चर्चित गीत हो।
गत बिहीबार उनै गायकले 'बन्दै छ नेपाल-२' सार्वजनिक गरेका छन्। उनको पहिलाको गीत जस्तै रुचाइएको यो र्याप पनि छोटो समयमै मनपराइएको छ। 'कल्ले भन्यो तलाईं?' बोलको र्याप सुमन तामाङले बिट दिएका छन्।
सोमबार यो समाचार तयार पार्दासम्म यो गीत ट्रेन्डिङको आठौं स्थानमा पुगेको छ।
'कल्ले भन्यो तलाईं?' बोलको यो गीतमा र्यापरले नेपालको तत्कालीन अवस्था चित्रण गरेको छ। राजनीतिज्ञ र हरेक पेसाका व्यक्तिमाथि प्रश्न उठाइएको यो गीतमा भ्रस्टाचार, बलात्कार, अपराध, सीमा विवाद र अपारदर्शीजस्ता विषयलाई गीतमा जोडेका छन्।
सुरज दहालको निर्देशनमा बनेको यो भिडिओमा अनिल कटवालको सिनेमाटोग्राफी छ। दुई वर्षअघिको 'बन्दै छ नेपाल' मा पनि मिस्टर डीले देशको तत्कालीन राजनीतिक सामाजिक विषयलाई र्यापमा उतारेका थिए।
'बन्दै छ नेपाल-२' गत मिस्टर डीको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।