पत्रिकामा स्तम्भ लेखेर परिचय बनाएकी दुर्गा कार्कीको पहिलो कथा संग्रह ‘कुमारी प्रश्नहरू’ सार्वजनिक हुने भएको छ। सामाजिक यथार्थवादी कोणबाट लेखिएका १३ वटा कथाको संग्रह नेपालय प्रकाशनले प्रकाशित गर्न लागेको हो।
दुर्गाका अनुसार उनले धेरैपटक पुनर्लेखन गरेर संग्रहका कथाहरुलाई अन्तिम रुप दिएकी हुन्।
'दुर्गा कार्कीको पुस्तकबाट सन् २०२० को आफ्नो प्रकाशन सुरु गर्न पाएकोमा हामी खुसी छौं। आफ्ना कथाहरुमा उनले उमेर अनुसारका महिला पात्रका दृष्टिकोणबाट सामाजिक न्यायको मुद्दा र लिङ्गभेदका विसंगतिलाई अभिव्यक्त गरेकी छन्,’ नेपालयकी भूषिता वशिष्ठले भनिन्।
यही फाल्गुन ९ गते सार्वजनिक हुने दुर्गा कार्कीको पुस्तक ‘कुमारी प्रश्नहरू’को मूल्य ४ सय २५ रुपैयाँ तोकिएको छ।
नेपालयले सन् २०२० मा महिला लेखकका चारवटा पुस्तकहरू प्रकाशन गर्ने जनाइएको छ, जसमध्ये दुर्गाको किताब पहिलो प्रकाशन हुनेछ।