पुस २६ गते शनिबार ‘लालबहादुर गन्धर्व सारंगी साँझ २०६७’आयोजना हुने भएको छ। उनी नब्बे सालको महाभूकम्प, विश्वयुद्ध, डॉफे चरी, पृथ्वीनारायण शाहको जीवनी, जङ्गबहादुरको सत्ता उत्थानलगायतका कर्खा र सवाईबाट राष्ट्रिय स्तरको चर्चा बटुलेका कलाकार हुन्।
रेडियो नेपालमा भएको गन्धर्वहरुको राष्ट्रिय भेलामा प्रस्तुति दिएर चर्चा कमाएका गोरखाका लालबहादुर जनकवि धर्मराज थापाको सम्पर्कबाट काठमाडौं आएका थिए।
प्रतिभा, क्षमता र चर्चाका बावजुद उनी लामो समयदेखि गोरखामै बस्दै आएका छन्फ्नो। गन्धर्व परम्पराका जीवित इतिहास लालबहादुरको यो पहिलो एकल साँझ हो।
गोरखा घ्याम्पेसाल काठमाडौं सेवा समाज र गन्धर्व संस्कृतिक कला केन्द्रको संयुक्त आयोजनामा हुने कार्यक्रम प्रज्ञा प्रतिष्ठानको पुस्तकालय हलमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म चल्नेछ।