विराज भट्ट स्टारर सिनेमा ‘साङ्लो’को नयाँ रिलिज मिति घोषणा भएको छ। घोषणा अनुसार सिनेमा माघ २४ गते रिलिज हुनेछ।
यसअघि सिनेमा ९ फागुन गते रिलिज हुने घोषणा भएको थियो।
सार्वजनिक गरिएको पोस्टरमा विराजसँगै मुख्य अभिनेत्री निकिता चाण्डकलाई प्रमुखता दिइएको छ।
सिनेमाको पहिलो गीत बिहीबार रिलिज गर्ने तयारीमा विराज छन्। विराजको आफ्नै लगानीमा निर्मित सिनेमामा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारको पनि अभिनय छ।
सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६, ०८:१४:००