साम्राज्ञी राज्य लक्ष्मी शाह तथा पुष्प खड्का स्टारर 'मारूनी'को रोमान्टिक गीत रिलिज भएको छ।
शुक्रबार अर्जुन पोखरेको संगीतमा रहेको 'सक्दिन म बाँच्न' बोलको गीत सार्वजनिक भएको हो।
सुरेश वाग्लेको शव्द रहेको गीतमा मेलिना राईको स्वर रहेको छ। अन्जली लामा र विक्रम खत्री गीतका कोरियोग्राफर हुन्।
नवल नेपाल निर्देशित सिनेमा भदौ १६ मा रिलिज हुँदैछ।