नितिन चन्द निर्देशित दोस्रो सिनेमा ‘गीत गजल’को रिलिज मिति तय भएको छ।
डेब्यू जोडी रूप पोखरेल तथा आरोही सिंह स्टारर प्रेमकथा असोज २४ गते रिलिज हुने पक्का भएको हो।
निर्देशक चन्दले आफ्नो फेसबुकबाट यसको रिलिज मिति सार्वजनिक गरेका हुन्।
रिलिज मितिसँगै सिनेमाको पोस्टर पनि सार्वजनिक गरिएको छ।
पोस्टरमा सिनेमाका मुख्य अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
सिनेमामा रीप र आरोहीका अलावा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको अभिनय रहेको छ ।
निर्देशक चन्दले आफूले सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाडेको बताएका छन् ।
सिनेमामा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, निर्देशक नितिन चन्दको कोरियोग्राफी, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।
सिनेमाको पहिलो गीत यही शुक्रबार रिलिज हुँदैछ ।