फेम नेपालको आयोजनामा चर्चित गायक सुगम पोखरेलको ‘वान एमबी फेरि त्यो दिन नेपाल टुर’ हुने भएको छ।
देशका विभिन्न जिल्लामा आयोजना हुन लागेको यो कन्सर्ट सुगमको पहिलो इन्डोर कन्सर्ट हुनेछ। जुलाई १२ तारिखमा पोखराको किङ्स लाउन्जबाट सुरु हुने कन्सर्ट जुलाई १३ मा बुटवलको द कन्सेप्ट, जुलाई १५ मा नारायणगढको ग्यालेक्सी एम्पायर, जुलाई १७ मा इटहरीको इम्पेरियल, जुलाई १९ मा धरानको भिन्टेज हुँदै जुलाई २६ मा काठमाडौँको प्ले बोई क्लबमा हुनेछ।
काठमाडौँ बाहिर साँझ ६ बजे देखि ११ बजे सम्म आयोजना हुने कन्सर्ट काठमाडौँमा भने राति ९ बजे देखि बिहान ४ बजे सम्म आयोजना हुनेछ।
कन्सर्टमा गायक पोखरेलले आफ्ना दर्जन बढी नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्ने छन् । यसअघि काठमाडौँ टुँडिखेलमा सुगमसँगै लाउरे, स्वप्न सुमन लगायतको कन्सर्ट गरेको फेम नेपालले मोफलका दर्शक श्रोताको मागलाई ध्यानमा राख्दै सुगम पोखरेलको अल नेपाल कन्सर्ट गर्न लागेको जनाएको छ।