दिपेन्द्र के खनालको निर्देशन रहने ‘आमा’को छायाँकनमा गएको छ।
सोमबार पशुपतिनाथ मन्दिर परिसरमा सिनेमाको शुभमुर्हत गर्दै छायाँकन थालिएको जानकारी निर्देशक खनालले दिएका हुन् ।
आगामी फागुन ९ गते रिलिज गर्ने घोषणा गरिएको सिनेमाको सम्पुर्ण छायाँकन काठमाडौं तथा रामेछापमा हुनेछ ।
डिएस डिजिटलको व्यानरमा शर्मिला पाण्डेको लगानीमा निर्माण हुने सिनेमाका सह-निर्माता सन्तोष अधिकारी हुन् ।
सिनेमालाई निर्देशक खनाल आफैंले गर्दैछन् । कथा, पटकथा तथा संवाद निर्देशक स्वयंमले लेखेका हुन् ।
सिनेमाले एक आमा र छोरीको सम्बन्धको कथा पेस गर्ने जनाइएको छ । सुर्यमाला खनालले सिनेमामा शीर्ष भूमिकामा अभिनय गर्दैछिन् भँने छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्तको अभिनय रहनेछ।
खनाल र पन्तका अलावा सिनेमामा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको लगायतका कलाकार पनि अभिनय रहनेछ।