अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का अभिनित सिनेमा ‘मारुनी’को फस्टलुक पोष्टर सार्वजनिक भएको छ ।
सिनेमाका दुई पोस्टरहरू सार्वजनिक गरिएका छन्। दुबै पोस्टरमा पुष्प र साम्राज्ञीलाई प्रेमिल अवतारमा देख्न सकिन्छ।
सिनेमाका निर्देशक नवल नेपाल हुन्।
सिनेमामा पुष्प र साम्राज्ञीका अलावा रेविका गुरूङको पनि मूख्य अभिनय रहेको छ। गुरूङ्को यो डेब्यू सिनेमा हो।
संजय लामाको छायाँकन रहेको सिनेमामा अर्जुन पोखरेल, दीपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत रहेको छ ।
सिनेमालाई पुनम गौतमले निर्माण गरेकी हुन्।