आयुष्मान खुर्राना स्टारर 'आर्टिकल १५' सिनेमाको ट्रेलर रिलिज भएको छ।
सिनेमा सन् २०१४ मा बलात्कारपछि भारतको उत्तर प्रदेश राज्यमा मारिएका दुई युवतीको हत्या अनुसन्धानमा आधारित रहेको छ।
सिनेमालाई अनुभव सिन्हाले निर्देशन गरेका हुन्।
सिनेमाले भारतीय समाजमा जातिय भेदभावका कारण उच्च कुलिनहरूबाट दलितमाथि हुने अत्याचारको कथा पेस गर्छ।
सिनेमामा आयुष्मान एक प्रहरी अधिकारीको भूमिकामा रहेका छन्।
सिनेमामा उनका अलावा मनोज पवा, कुमुद मिश्रा, मोहम्मम जिशान अयूब, सायनी गुप्ता, इशा तलवार था नासिरको भूख्य अभिनय रहेको छ।
सिनेमा जुन २८ मा रिलिज हुनेछ।