अभिनेत्री प्रियंका कार्की ‘कान्स फिल्म फेस्टिभल २०१९’ को रेड कार्पेट समारोहमा सहभागी हुने भएकी छिन्। फ्रान्सको पेरिसमा हुने कान्स फेस्टिभलमा सहभागी हुने उनी पहिलो नेपाली कलाकार हुन्।
प्रियंकाले आफ्नो फेसबुकमार्फत् यसबारे जानकारी दिएकी हुन्।
'नेपालको प्रतिनिधित्व गरेर कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पाउनु एकदमै गौरवको कुरा हो। मैले धेरै पहिलेदेखि यो सपना देख्दै आएकी थिएँ,' उनले लेखेकी छन्, 'कान्समा हिँडेका सेलेब्रेटीहरू देख्दा मलाई सधैं 'म पनि एक दिन यहाँसम्म पुग्नेछु' भन्ने लाग्थ्यो। यो दिन आइपुग्यो।'
उनी सोमबारदेखि यो फेस्टिभलमा सहभागी हुने बताएकी छन्। मे २० देखि २४ सम्ममा उनी चार वटा कार्यक्रममा सहभागी हुनेछन्।
प्रियंकाले कान्समा आफूलाई नेपालको प्रतिनिधित्व गर्न सहयोग गर्नेहरूलाई धन्यवाद पनि दिएकी छन्।