‘म जन्मिँदा भावी’ बोलको गीत सार्वजनिक भएको छ। पेशाले प्रहरी निरीक्षक गायक निर्मल पनेरुको आवाज रहेको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।
निर्मलकाे स्वर रहेकाे गीतमा संगीतकार हरि लम्सालले संगीत भरेका छन्। गीतकार एवं लेखक शीतल कादम्बिनीले गीतलाई रचेकी हुन्।
गीतको भिडियोमा मण्डला नाटकघरका रङ्गकर्मी मिलन कार्कीको अभिनय छ। निकेश खड्का निर्देशित भिडियोलाई बुद्ध थापाले खिचेको हुन्। भिडियो सम्पादन भने विकास धमलाले गरेका हुन्।