दयाहाङ राई र दिया पुन अभिनित ‘दयारानी’ले नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मितिसमेत तोकेको छ ।
यसअघि जेष्ठ १० मा रिलिज हुने भनिएको सिनेमा अब साउन ३० मा रिलिज हुनेछ।
सिनेमाका निर्देशक माओत्से गुरुङ हुन ।
सिनेमाले एक खराब श्रीमान र एक दयालु श्रीमतीको कथा भन्छ। सिनेमामा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले लगायतका कलाकारहरुको पनि अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।