टिकटकमार्फत सामाजिक सञ्जालमा हिट भएकी दुई वर्षीया सैलिन श्रेष्ठको पहिलो म्युजिक भिडिओ सार्वजनिक भएको छ।
गायिका रञ्जना ढुंगानाको शब्द र स्वर रहेको ‘टुइङकल लिटल स्टार’ गीतमा सैलिनले अभिनय गरेकी छिन्।
भिडिओमा सैलिन उनकी आमासँग देखिन्छिन्। म्युजिक भिडिओलाई सञ्जित श्रेष्ठले निर्देशन गरेका हुन्। उनी सैलिनका बुवा हुन्।
म्युजिक भिडिओ भोलि आमाको मुख हेर्ने दिनलाई छेको पारेर सार्वजनिक गरिएको छ।
पछिल्लो पटक सैलिन आफ्ना छोटा भिडिओहरूमार्फत फेसबुक, इष्टाग्राम र टिकटकमा चर्चित छिन्। उनको भिडिओलाई धेरै दर्शकहरुले रुचाएका छन्।
उनी स्कुल भर्ना भएकी छैनन्। तर उनलाई धेरै कुरा थाहा छ। यी कुराहरु उनको भिडिओमा देख्न सकिन्छ।
हेर्नुहोस् भिडिओ