गायक हेमन्त शर्माले मजदुर सम्बन्धी गीत सार्वजनिक गरेका छन् । मजदुर दिवसको अधिल्लो दिन गायक शर्माले सार्वजनिक गरेको 'स्वतन्त्र' बोलको गीतमा सबैलाई स्वतन्त्र हुन आग्रह गरेका छन् ।
गायक शर्माकै शब्द तथा संगीत रहेको गीतको म्यूजिक भिडियोमा पनि मजदुरको कथालाई समावेश गरिएको छ ।
गीतको म्यूजिक भिडियोमा युमी बलामी तथा शुभम भुजेलले अभिनय गरेका छन् । साथमा एउटै खुट्टाले नृत्य प्रस्तुत गरेर चर्चामा रहेकी कलाकार रोमा न्यौपानेलाई पनि उक्त म्यूजिक भिडियोमा देख्न सकिन्छ ।
गीतको म्यूजिक भिडियोका निर्देशक गायक शर्मा नै हुन् ।