गर्दनमा ट्युमर पलाएपछि नायिका श्वेता खड्कको भारतको अस्पतालमा शल्यक्रिया भएको छ। श्वेताले आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै सो कुराको जानकारी दिएकी हुन्।
यो घटनापछि श्वेताले आफू फेरि एकपटक डरलाग्दो स्थितिबाट जोगिएको बताएकी छिन्। जीवन दुर्भाग्य रहेको बताउँदै उनी लेख्छिन्, ‘जीवनले हामीलाई कहाँ पुर्याउँछ, के गर्छ केही थाहा हुँदैन।’
गत वैशाख ६ गते श्वेता आफ्नो नयाँ फिल्म ‘हेल्लो जीन्दगी’ को सुटिङको लागि लन्डन उडेकी थिइन्।
तर केही दिन सुटिङ नहुँदै श्वेताको गर्दनमा समस्या देखियो। उनले आफ्नो गर्दन र चिउडो भागमा दुखाइ महशुस गरिन्। लगत्तै डाक्टरलाई देखाउँदा ट्युमर पलाएको देखिएपछि उनलाई तत्काल शल्यक्रिया गर्न सुझाइएको थियो।
उनले भारतको दिल्लीस्थित ‘बीएलके’ अस्पतालमा शल्यक्रिया गराएकी छिन्। सफल शल्यक्रियापछि श्वेताले अब स्वास्थ्यमा कुनै समस्या नरहेको बताएकी छिन्।
तर जीवनले आफूसँग फेरि अर्को खेल खेलेको भन्दै उनले स्टाटसमार्फत् दु:ख व्यक्त गरिन्। उनले अब ‘हेल्लो जीन्दगी’ मा काम गर्न नसक्ने भन्दै फिल्म युनिटसँग माफी मागेकी छिन्।
उनी लेख्छिन्, ‘म यो फिल्मबाट निकै आशावादी थिएँ। दर्शकलाई खुसी पार्छु भन्ने थियो तर स्वास्थ्य समस्याले सबै बर्वाद बनायो।‘