पोखरामा बसेर साहित्य साधाना गरिरहेका मुक्तककार नेपालहरि रानाभाट ‘सुवोध’को मुक्तक संग्रह ‘समयका स्वरहरू’ हालै काठमाडौंमा सार्बजनिक भएको छ । राजनीतिक, सामाजिक र आर्थिक विषयमा लेखिएका मुक्तक स्वादिला छन्।
मुक्तककार रानाभाट मुक्तक मार्फत सामाजिक विकृतिविरुद्ध तिखो प्रहार गर्न सिपालु देखिन्छन् । कलात्मक शैलीमा झटारो हान्न सफल संग्रहको प्रकाशन नेपाल मुक्तक प्रतिष्ठानले गरेको हो । यसको मूल्य २५० रुपैयाँ छ ।