बलिउड अभिनेता सनी देओल भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन्। दिल्लीमा रक्षामन्त्री निर्मला सीतारमण र रेलमन्त्री पीयूष गोयलको उपस्थितिमा उनले सदस्यता लिएका हुन्।
सदस्यता ग्रहण गराउँदै रेल मन्त्री पीयूष गोयलले भने, ‘उहाँले फिल्ममार्फत् जहिले पनि मनोबल बढाउनु भएको छ। देशको यस्तो महौलमा युवायुवतीलाई प्रेरणा दिने काम उहाँले गर्नुभएको छ। मलाई विश्वास छ, राजनीतिक जीवनमा पनि उहाँले यस्तै काम गर्नु हुनेछ।’
के सनी चुनाव लड्छन् त ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री गोयलले भने, ‘यो त पार्टीले निर्णय लिने कुरा हो।’
सोही अवसरमा सनी देओलले भने,‘जुन किसिमले मेरो बुवा यो परिवारको साथ,अटलजीका साथ जोडिनु भएको थियो। आज म मोदी जीका साथ जोडिएको छु। उहाँले देशको लागि धेरै गर्नुभयो। उहाँकै निरन्तरता होस् भन्ने म चाहन्छु। अहिलेको नयाँ पुस्तालाई उहाँको जरूरत छ।’
तर सनी देओल पन्जावको गुरदासपुरबाट लोकसभा लड्ने अनुमान गरिएको छ।