जेठ ३ को रिलिज मिति नजिकिदैं गर्दा ‘जात्रै जात्रा’ले आफ्ना चार पोष्टर रिलिज गरेको छ।
सार्वजनिक पोस्टरहरूमा सिनेमाका मुख्य कलाकारहरु अटाएका छन् । प्रदिप भट्टराई सिनेमाका निर्देशक हुन् ।
रविन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेको सिनेमामा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । सिनेमाको ट्रेलर वैशाख १३ गते सार्वजनिक हुनेछ ।
विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत तथा दयाहाङ राईको प्रमूख भूमिका रहेको सिनेमामा प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झा लगायतका कलाकारहरुको पनि अभिनय छ ।
निर्देशक भट्टराईकै कथा, पटकथा तथा संवाद लेखेको सिनमामा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत र शंकर महर्जनको द्धन्द्व निर्देशन रहेको छ ।
‘जात्रै जात्रा’ ‘जात्रा’ सिनेमाको सिक्वल हो।