आगामी चैत २३ गते हुने नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा वरिष्ठ कलाकार सरिता लामिछानेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी छिन्।
उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो उम्मेद्वारीको घोषणा गरेकी हुन्। फेसबुक स्टाटस मार्फत सहयोगको अपिलसमेत गरेकी छिन्।
यसअघि नेपाल चलचित्र कलाकार संघको महासचिवको जिम्मेवारी सफलतापूर्वक सम्हालीसकेकी लामिछाने बिक्रम सम्बत २०५५ सालदेखि निरन्तर कलाकारिता क्षेत्रमा आबद्द छिन्।
चर्चित टेलिशृंखला ‘मुक्ति’ बाट अभिनय यात्रा सुरू गरेकी लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् ।
पछिलो समय टेलिशृंखला ‘दृष्टि’ मा अभिनय गरिरहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’ र ‘सीता’ नामका फिल्ममा समेत अभिनय गरेकी छिन् ।