होलीको अवसर पारेर गायक श्रीहरि दाहाल र गायिका सुशिला पाठकको आवाजमा ‘ह्याप्पी होली’ बोलको गीत सार्वजनिक भएको छ।
यस गीतमा रूपेश बाँस्कोटाको शब्द र संगीत छ।
‘ह्याप्पी होली’ गीतको म्युजिक भिडियोमा समन अधिकारीको निर्देशन तथा प्रमोद भण्डारीको कोरियोग्राफी रहेको छ।
टंक केसीले यस गीतमा छायांकन गरेको यस गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्। यस भिडियोमा सुरेन्द्र बसेल र समिक्षा पोखरेलको अभिनय रहेको छ ।
भिडियो