गायक नवीन के भट्टराईले आफ्नो नयाँ गीत बजारमा ल्याएका छन्। उनले आफ्नो नयाँ गीति संग्रह ‘एनकेबी’ को ‘जान्छु म...’ बोलको गीत लिएर दर्शक तथा स्रोता समक्ष आएका हुन्।
उनको यो गीत म्यूजिक नेपालको युट्यूव साथै, विभिन्न टेलिभिजन तथा रेडियोबाट सार्वजनिक भएको हो।
रोशन सुबेदीको शब्द रहेको यो गीतको संगीत संयोजन इमान बिक्रम शाहले गरेका छन्।
यो गीतको रेकर्डिङ पुरानो प्रबिधि (टेप) बाट गरिएको हो।
डिजीटल प्रबिधिबाट सजिलो हुने भए पनि टेपबाट रेकर्डिङ गर्नु अझै राम्रो भएको नविनले बताए। पुरानो प्रबिधिबाट गीत रेकर्ड गर्दा रमाइलो अनुभव रहेको बताउँछन्।
गीतमा अहिलेका चर्चित नायक तथा मोडेल निराजन श्रेष्ठको अभिनय रहेको छ भने उनलाई सुष्माले साथ दिएकी छिन्। आवेश बज्राचार्यले खिचेको यो भिडियोको सम्पादन सुशील न्यौपानेले गरेका छन्। भिडियोको निर्देशन पासाङ योञ्जन लामाले गरेका छन्।