यही फागुन १८ गते दोस्रो कीर्तिपुर बाल साहित्य महोत्सव हुने भएको छ।
क्रियटिभ एकेडेमी र कीर्तिपुर नगरपालिका कथालय बाल कला संग्रहालय र शिल्पी थिएटरको संयुक्त आयोजना सो महोत्सव हुन लागेको हो।
पठन संस्कृतिको विकास गर्ने उद्धेश्यले सो महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
महोत्सवमा कम्तीमा ८ हजार जनाले सहभागिता जनाउने आयोजकले अपेक्षा लिएको छ।
महोत्सवमा कथा लेखन निबन्ध लेखनलगायतका कार्यशालाहरू सञ्चालन गरिनेछ।
सो महोत्सवमा संस्कृतिविद् सत्यमोहन जोशी सम्मान गर्ने कार्यक्रम रहेको छ।
‘बालबालिकाहरूको माझमा सम्पादक’ भन्ने छलफल कार्यक्रम महोत्सवको अर्को आकर्षण रहने आयोजकले जनाएको छ।
महोत्सवमा सांगीतिक, काव्य गोष्ठी, ‘डम्बरी’ नामक नाटक मञ्चन, पुस्तक प्रदर्शनी, पुस्तक विमोचन, पुस्तक परिचर्चा, नाटकका कार्यशाला लगायत दुई दर्जन भन्दा बढी कार्यक्रमहरू सम्पन्न हुनेछन्।
महोत्सव अवधिभर फेस पेन्टिङ, साँस्कृतिक तथा सांगीतिक प्रस्तुतिहरू, प्राचीन साँस्कृतिक महत्त्वका सामग्रीहरूको प्रदर्शनी र खानाका स्टलहरू चलिरहनेछन्।