रेडियो कान्तिपुरले लाईफटाईम अचिभमेन्ट अवार्डबाट बरिष्ठ गायक एवं संगितकार माणिक रत्नलाई सम्मान गरेको छ ।
रेडियो कान्तिपुरले आफ्नो २० औं वार्षिकोत्सवमा आयोजित 'नेशनल म्युजिक अवार्ड-२०७५' शनिबार ६ दशकदेखि सांगितक क्षेत्रमा उल्लेखनिय योगदान दिएका वरिष्ठ गायक माणिक रत्न लाई लाइफटाइम अचिभमेन्ट प्रदान गरेको छ।
उनलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एव प्रवन्ध निर्देशक कैलाश सिरोहियाले ताम्रपत्रसहित १ लाख रुपैयाँ नगद पुरस्कारले सम्मान गरेका थिए ।
पहिलो नेपाली रंगिन चलचित्र कुमारीमा पाश्र्व गायक माणिक रत्नले ३ दर्जन वढी गीतमा संगीत तथा स्वर दिएका छन् ।
'नआउ जुन कोठामा', 'मनमा माया', 'त्यो खोलाको सङलो पानी', 'सागर हो स्वास्नी मान्छे' लगायत गीत श्रोतामा लोकप्रिय छन् । माणिकको बरिष्ठ गायक एवं संगितकार प्रेमध्वज प्रधानसँगको सांगितिक जोडी 'प्रेममाणिक'का रूपमा आफ्नो समयमा निक्कै चर्चित थियो।
स्वास्थ्यले साथ नदिएपछि मणिकरत्न पछिल्लो ४० वर्षदेखि बने सांगितिक दुनियाँ र सार्वजनिक जीवनबाट भने टाढा रहँदै आएका छन् ।
बरिष्ठ गायक एवं संगितकार मणिक रत्नलाई लाईफटाईम अचिभमेन्ट अवार्डबाट सम्मानसंगै रेडियोले संगितका विभिन्न विधाका १६ सर्जकलाई समेत सम्मान गरेको छ ।
रेडियो कान्तिपुरबाट सम्मानित हुनेहरुमा नव गायकमा 'तिमी साथ नभएपछि' गीतबाट बुद्ध लामा सर्वोत्कृष्ट भए भने 'बन फुल'बाट रमेश बीजी उत्कृष्ट गीतकार चयन भए।
यस्तै 'उड्यो मन' गीतबाट हरि लम्सालले उत्कृष्ट संगितकारको पुरस्कार प्राप्त गर्दा 'बोल माया बोल' बाट शान्तिश्री परियार वर्षको उत्कृष्ट गायिकाका घोषित भइन् ।
लोकगीतको पुरुष तर्फ भने 'दाईकी साली' गीतबाट सन्तोष केसी उत्कृष्ट हुँदा चलचित्र पाश्र्व संगितबाट 'उड्यो मन'बाट गायिकाको अवार्ड बानिका प्रधानले अवार्ड जितिन् ।
पुरुष पाश्र्व गायनतर्फको अवार्ड सुगम पोखरेलले 'पल पल'बाट प्राप्त गरे ।
राष्ट्रिय गीतको अवार्ड भने 'पुर्व तिम्रो गीत'बाट निशान भट्टराई र शीत्तल पाण्डे उत्कृष्ट घोषित भए।
पपगीत पुरूषतर्फ 'हाँस्न सिकें'बाट कमल खत्रीहुँदा महिलातर्फको अवार्ड 'माया लुकी लुकी'बाट टिका प्रसाईले जितिन् ।
पीपुल च्वाईस अवार्ड 'हाम्रो नेपालमा' गीतबाट नितेश कुमार जंगले पाए भने उत्कृष्ट व्याण्डको अवार्ड दिपक बज्राचार्यको रिदम व्याण्डले 'मन मगन' गीतबाट जित्यो।
यसैगरी आधुनिक गीत तर्फको अवार्ड भने 'आंशुको अर्थ'बाट शिव परियारले हात पारे । महिला गायनतर्फ 'बन फुल' गीतबाट दुर्गा परियारले जितिन्।
युगलगीततर्फ 'तिमी राजी म राजी' गीतबाट राजेश केसी र सुजता उपाध्याय सवोत्कृष्ट धोषित भए ।
बरिष्ठ गीतबार दिनेश अधिकारी, वरिष्ठ संगितकार सुरेश अधिकारी र वरिष्ठ गायिका कुन्ती मोक्तान रहेको तीन सदस्यीय जुरीले यो वर्षको सर्वोत्कृष्ट सृजना र सर्जक चयन गरेको हो ।
२०७४ साउन १ गतेदेखि २०७५ असार मसान्त सम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतहरुबाट विभिन्न विधा अन्तर्गत उत्कृष्त ५ गीत छनोट भएका थिए । विभिन्न क्षेत्रका श्रष्टालाई प्रदान गरिएको म्युजिक अवार्ड श्रष्टा प्रति शिर निहु¥याएर गरिएको स्टेशन म्यानेजर दिनेश डिसीले बताए।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक कैलाश सिरोहियाले सांगितिक क्षेत्रका मुर्धन्य व्यक्तित्वहरुलाई सम्मान गर्न पाउनु कान्तिपुर मिडिया ग्रुपका लागि गौरव भएको बताएका थिए ।