'रणवीर’ सिनेमाले आफ्नो प्रचार पोस्टरहरू सार्वजनिक गरेको छ ।
सिनेमा कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको निर्माता दिपेन्द्र रेग्मीले बताएका छन् । यही सिनेमाका लागि सुशील सिटौलाले आफ्नो शारीरिक बनावटमा पनि परिवर्तन ल्याएका छन् । झन्डै ६ महिनाको मेहनतपछि सुशील ‘रणवीर’ बन्न योग्य भएको सुशीलले बताए । साथै सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षा खड्का र सुपुष्पा भट्टले यसै सिनेमा मार्फत डेब्यु गर्दै्छन् ।
सिनेमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ ।
सिनेमामा प्रशान्त ताम्राकार, रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा , टिका पहाडी लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।
सिनेमा एक्सनप्रधान हुनेछ।