गीतकार तथा संगीतकार निरज सिलवालको नयाँ गीत 'तिमी हिँड्ने बाटोमा' रिलिज भएको छ। गीतमा शब्दको साथमा उनकै संगीत रहेको छ ।
सार्वजनिक गीतमा देवेन्द्र नेवाको स्वर तथा संगीत संयोजन रहेको छ ।
सेन्टिमेन्ट गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । म्यूजिक भिडियोलाई नेत्र जंग पाण्डेले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको म्यूजिक भिडियोमा मिलन मिश्र, दिनेश कार्की र आयुषा श्रेष्ठले अभिनय गरेका छन् ।
गीतको भिडियो अस्ट्रेलियामा छायांकन गरिएको हो ।