दयाहाङ् राई तथा दिया पुन स्टारर ‘दयारानी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
मंगलबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको फस्टलुक सार्वजनिक गरिएको हो। फस्ट लुकसँगै सिनेमाको रिलिज मिति पनि घोषणा गरिएको छ।
आगामी वर्षको जेठ १० लाई रिलिज मिति तोकिएको छ। दियाले सिनेमाकी शीर्ष पात्र हुन्। सिनेमामा नायक दयाहाङ राई, नायिका दिया पुन र कलाकार विजय बरालको मुख्य भूमिका छ ।
माओत्से गुरू. निर्देशित सिनेमालाई सिनेमा आर्टस् र माओत्से फिल्मसले निर्माण गरेको हो। गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भनिने भएकाले सिनेमाको नाम राखिएको निर्देशक गुरुङले बताए । एउटा खराब श्रीमान् र उसकी श्रीमतिको कथा सिनेमाले पेस गर्छ।
फस्टलुक सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता राईले सिनेमाको कथावस्तु पढेपछि आफू प्रभावित भएर सिनेमामा काम गरेको बताए ।
त्यस्तै निर्देशक माओत्से गुरुङले नेपाली समाजको एउटा पात्रको कथालाई सुक्ष्म रुपमा उठान गरेको बताए । दर्शकले सिनेमा मन पराएको खण्डमा आफू सफल भएको ठान्ने उनको भनाइ थियो ।