'आरोप' सिनेमाको 'ए मन' बोलको गीत सार्वजनिक भएको छ।
दिलासा क्रियसन को ब्यानर मा अमर ओली निर्देशित सिनेमाको गीतमा र नित्याशिवा र प्रह्लाद तिमिल्सिना को आवाज रहेको छ ।
गीतमा संगीत तथा रचना एस. के अधिकारीको रहेको छ। कमल राईले गीतको कोरियोग्राफी गरेका हुन्।गीतमा किशोर खतिवडा र सन्चिता लुइँटेलको अभिनय रहेको छ।
किशोर र सन्चिताका अलावा रिचा थापा,उद्धव गिरी , प्रेम खड्का को अभिनय रहेको छ।माघ ११ मा रिलिज हुने यस सिनेमाको कथा लक्ष्मण सुवेदीले लेखेका हुन्।
सिनेमाले युवा युवतीहरु विचको त्रिकोणात्मक प्रेम कथा भन्ने छ।