‘कथा ७२’को टिमले सिनेमातर्फ दर्शकको ध्यान आकृष्ट गर्न कभर भिडियोको आव्हान गरेको छ। सिनेमामा समाविष्ट ‘तिला ताजी’बोलको गीतको कभर भिडियो मागिएको हो ।
इच्छुकले सो गीतमा आफ्नो कन्सेप्टमा भिडियो बनाउन सक्नेछन् । भिडियो कुनै यात्रा तथा अन्य ठाउँको कथा बोकेको हुनुपर्नेछ ।
विजेतालाई ३० हजार नगद पुरस्कार दिने निर्माण पक्षले जनाएको छ।
उक्त गीतको कभर भिडियोको पुर्ण स्वामित्व सिनेमा निर्माण कम्पनी लोकल सिनेमासँगै रहनेछ ।
कभर भिडियो बनाइसकेपछि लोकल सिनेमाको अफिसियल इमेल localcinemanepal@gmail.com मा जनवरी ६, २०१९ सम्म पठाइसक्नु पर्नेछ ।
पठाइएका भिडियोहरु लोकल सिनेमाको अफिसियल युट्युव तथा फेसबुकमा पोष्ट गरिने बताइएको छ ।
यस्तै कभर भिडियो कम्पिटिसनको १० जनवरी २०१९ मा फाइनल हुने निर्माण टिमले जानकारी दिएको छ । बिजेताले पुरस्कार स्वरुप रु। ३० हजार नगद र आउने सिनेमामा कामगर्ने मौका पाउनेछन् ।
सिनेमा आउँदो शुक्रबार मंसिर २८ बाट देशब्यापी प्रदर्शनमा आउँदैछ । सिनेमाको १६ औं संस्करणको काठमाडौं अन्तराष्ट्रिय पर्वतिय महोत्सव(किम्फ)मा प्रदर्शनी गरिएको थियो।