शेर्पा समुदायका टिनएजर्ज युवायुवतीहरुलाई लक्षित गर्दै मिष्टर एण्ड मिस शेर्पाको आवेदन खुल्ला गरेको छ ।
शेर्पा समुदायका किशोर किशोरीहरुको ब्यक्तित्व विकास तथा शेर्पा संस्कृतिलाई विश्व सामु चिनाउने उद्देश्य स्वरुप ‘मिस्टर एण्ड मिस टिन शेर्पा २०१९’ को आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुनका लागि शेर्पा समुदायका १३ वर्ष देखी २० वर्ष उमेर समूहकाले प्रतियोगिताका लागि आवेदन दिनसक्नेछन्। सहभागी स्कुल तथा कलेज स्तर शिक्षा प्राप्त गरेको हुनु पर्नेछ । प्रतियोगीका लागि उचाइमा बार नलगाइएको यस प्रतियोगिता प्रतियोगीले अविवाहित हुनुपर्ने सर्त पूरा गर्नुपर्छ ।
यस इभेन्टले शेर्पा किशोरकिशोरीहरुको बौद्धिक क्षमता अभिबृद्धि गर्नुका साथै भविष्यका लागि मार्गदर्शन गर्नमा ठुलो लिडरशिपको लागि क्षमता प्रदान गर्नुका साथै शेर्पा कल्चरको संरक्षण यो इभेन्टले गर्ने आयोजकले जनाएको छ ।
यस इभेन्टमा सहभागी हुन चाहने शेर्पा समुदायका किशोरकिशोरीहरुले नाम दर्ता गर्नका लागि गौतम बुद्ध फिल्म प्रालि ९९८०८११२३१४१ र ९८२३१४३००१० मा सम्पर्क गर्न सक्नेछन् । प्रतियोगीताको लागि अर्को हप्ता नयाँ बस्ती तामाङ गुम्बा जाने बाटोमा रहेको शानभी होटल एण्ड स्पोर्ट क्ववमा अडिशन हुनेछ ।