नेपाली सिनेमाका निर्माता रमेश एमके पौडललाई पितृशोक परेको छ। पौडेलका पिता अकल बहादुर पौडेलको बिहान ८४ वर्षको उमेरमा निधन भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केहि दिनदेखी हेटौडाको एक अस्पतालमा उपचार गराइरहेका थिए। 'राज्जा रानी' निर्माता पौडेल यतिबेला अमेरिकामा रहेका छन्।
उनी नेपाल आउने तयारीमा रहेको पौडेलको पारिवारिक श्रोतले जनाएको छ।
पौडेलका पिता रक्तचापको समस्याबाट पीडित थिए।