गायक अभिनाश घिसिङले नयाँ गीत 'लाइसेन्स ठेक्का' (डम्फू) बोलको गीत सार्वजनिक गरेका छन् ।
आइतबार युट्युबमार्फत् सार्वजनिक गरिएको उक्त गीतमा अविनाशलाई मुना पख्रिनले महिला स्वर साथ दिएकी छिन् । गीतमा शब्द तथा संगीत पनि अविनाश र मुनाकै हो ।
भरत सिटौलाको निर्देशनमा तयार भएको भिडियोमा अभिनाश र मान्शी लामा फिचर भएका छन् ।
भिडियोलाई कालिञ्चोकको सुन्दर लोकेशनमा खिचिएको छ ।
राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरको छायाँकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।