फागुन १७ गते अल नेपाल रिलिज हुने अनमोल केसी स्टारर 'क्याप्टेन'का दुई नयाँ पोस्टर रिलिज भएका छन्।
रिलिजमध्ये अनमोलको एक सोलो पोस्टर रहेको छ भने दोश्रोमा अनमोलको साथमा सुनिल थापा तथा प्रशान्त ताम्राकार फिचर छन्। पोस्टटमा दुई नव अभिनेत्री भने अटाएका छैनन्।
फुटबल खेलाडीको कथा रहेको फिल्ममा अनमोलले दुई नव-अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग जोडी बाँधेका छन्।
अभिनेता भूवन केसीले निर्माण गरेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन्।