शिव परियारको स्वरमा नयाँ गीत रिलिज भएको छ। परियारको स्वरमा 'रात पनि दिन' सार्वजनिक भएको हो।
गीतमा बिनोद पछाइको संगीत र दुर्गा प्रधानको शब्द सुन्न सकिन्छ । 'ओन्लि फर यु एल्बम'मा समाबेस यो गीतको एरेन्ज भने रिदम कडेलले गरेका हुन् ।
गीतमा आकास श्रेष्ठ र सारा सिर्पाली फिचर भएका छन् । भिडियोलाई निसान कयास्प घिमिरेले निर्देशन गरेका हुन्।