तीन दशकदेखि नेपाली सिनेमामा सक्रिय लय संग्रौला तथा दुई दशकदेखि नेपाली सिनेमामा अभिनय, निर्माण तथा निर्देशनमा क्रियाशिल रेखा थापालाई हरितारा चलचित्र पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
सोमबार एक कार्यक्रमकाबीच रेखा र लयको साथमा काठमाडौं दशकौंदेखि नेपाली सिनेमा क्षेत्रमा अनवरत रुपमा क्रियाशिल सिनेमाकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
सम्मान पत्रसहित संग्रौला र थापालाई सम्मानसहित २५ हजार रूपैयाँ पनि प्रदान गरिएको थियो ।
यस्तै सोही कार्यक्रममा परिवर्तन नेपालले स्थापना गरेको दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कार उत्तम केसी, विजय रत्नतुलाधर र सावित्री कोइरालालाई सोमवार राजधानीमा एक कार्यक्रमका बीच सम्मान अर्पण गर्यो । उनीहरुलाई सम्मान पत्रसहित जनही १० हजार नगद राशी प्रदान गरिएको थियो ।
यस्तै अभिनेता तथा निर्देशक रामकाजी घिमिरे, नृत्य निर्देशक शिव बि.क र अभिनेत्री तथा लेखिका शोभिता सिंखडालाई ‘परिवर्तन सम्मान(२०७५)’ बाट सम्मान गरिएको छ ।