गायक राजेश पायल राईको आवाजमा रहेको वि एम गुरुङ बलुको शब्द तथा राजेश थापाको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो विन्ध्यावासिनी म्युजिक मार्फत सार्वजनिक भएको छ ।
गीतमा मायाका नवीन यात्राहरूलाई समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा काजिश श्रेष्ठ र डिना कोइरालाको अभिनय रहेको छ । माया र रोमान्सलाई गीतमा समेटिएको छ ।
सागर गौत्तमको छयाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।