'घामपानी'बाट निर्देशनमा डेब्यू गरेका सिनेमा समीक्षक दिपेन्द्र लामा निर्देशित दोश्रो सिनेमा 'गोपी'को गीत रिलिज भएको छ।
गीतलाई ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका छन् । संगीतकार पोखरेलका अनुसार बजारमा लोकगीतको लहर चलेको बेला फरक गीत बनाएको बताउँदै गीतलाई बालन तथा रोइला मिसाएर बनाएका हुन्।
गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री बर्षा राउत प्रमुखरूपमा देखिएका छन्।
फिल्म माघ १८ मा रिलिज हुँदैछ।
कथाको माग अनुसार गीत तयार पारिएको निर्देशक लामा बताउँछन् ।
'फिल्मका मुख्य पात्र हिन्दू र गाई पाल्ने भएकाले गीतमा उक्त आस्था झल्काउने प्रयास गरेका छौं ', उनले भने।
सिनेमामा सुरक्षा पन्त, अंकित खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणी नेपाललगायतको पनि प्रमुख भूमिका छ ।
सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको सिनेमामा शैलेन्द्र डि. कार्कीको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ।