अभिनेता सरोज खनालले काठमाडौंको दरबारमार्गमा ‘माला आर्टस् एकेडेमी’ खोलेका छन् । सिनेमा क्षेत्रमा दक्ष कलाकार उत्पादन गर्ने लक्ष्यका साथ आफुले माला आर्टस् एकाडेमी सञ्चालनमा ल्याइएको खनालले बताएका छन् ।
एकाडेमीको उद्घाटन शनिबार गरिएको हो। सो एकेडेमीको उद्घाटन समारोहमा नेपाली सिनेमा क्षेत्रका हस्तीहरुको बाक्लो उपस्थिती थियो ।खनालको एक्टिङ् स्कुलको उद्घाटनमा वरिष्ठ कलाकार शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल,सुनिल थापा लगायतका कलाकारको उपस्थित थिए।
माला आर्टस् एकाडेमीको उद्घाटन भएसँगै सञ्चालमा आएको एकाडेमीकी अध्यक्ष चन्द्रमाला शर्माले बताइन् ।
नयाँ पुस्तालाई आफ्नो क्षेत्रमा पोख्त बनाउने उद्देश्य यो एकेडेमीले लिएको छ ।
अभिनय कोर्सका लागि ६० हजार शुल्क लाग्ने जानकारी खनालले दिएका छन्। यसैगरी खनालले एकपटकमा अधिक्तम २० जनाले आफ्नो एकेडेमीमा अभिनय सिकाउने बताए। कक्षा बिहान ७ बजेदेखी १२ बजेसम्म संचालन हुनेछ भने ६ वर्षदेखी १२ वर्ष उमेर समुहका बालबालिका लागि जाडो र गर्मीको बिदामा विशेष कक्षा संचालन गरिनेछ।
एकेडेमीमा विरेन्द्र हमाल तथा निर्देशक सुवर्ण थापाले नियमित कक्षा लिनेछन् भने हरिहर शर्मा, नीर शाह, गौरी मल्ल, सौगात मल्को साथमा निर्देशकहरू विकासराज आचार्य, सुदर्शन थापा तथा दीवाकर भट्टराईले अतिथि प्रशिक्षकका रूपमा अभिनय सिकाउनेछन्।
यस्तै एकेडेमीले व्यक्तिगतरूपमा विशेष प्रशिक्षण पनि दिने व्यवस्था गरेको छ। यो व्यवस्था सिनेमाका कलाकारका लागि लक्षित गरिएको छ।