सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ को प्रदर्शन मिति निर्धारण भएको छ।
निर्माण टीमले छायांकनमा निस्किएको झन्डै १ वर्षपछि फर्स्टलुक पोस्टर सार्बजनिक गर्दै माघ २५ लाई प्रदर्शन मिति तय गरेको हो।
भ्यालेन्टाईन डे अर्थात प्रेम दिवसलाई लक्षित गरेर फिल्मको प्रदर्शन मिति तय भएको हो। फिल्म रिलिजको एक सातापछि प्रेम दिवस पर्छ।
सार्बजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री फिचर छन्।
नाई न भन्नू ल ३ निर्देशन गरेका मुस्कान ढकाल निर्देशित समर लभबाट आशिष पिया र रेवती क्षेत्रीले यो फिल्मबाट नेपाली सिने उद्योगमा नायक र नायिकाको रुपमा डेब्यु गर्दैछन्।
आशिषले म्युजिक भिडियोमा अभिनयदेखि केही बिज्ञापनहरुमा पनि काम गरेका छन्। यता रेवती भारतको मिस इन्टरनेसनल विजेता साथै ‘ग्याङग्स अफ नर्थवेस्ट’,’खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता फिल्ममा अभिनयको अनुभब गरेकी छन्।
सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन्।
नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन्।
स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन्। पुष्पन प्रधानको संगीत सञ्जय लामाको छायांकन रहेको फिल्म अर्जुन जिसीले सम्पादन गरेका हुन्।