दशकअघि ‘पैसा कसले बनायो’ गीत गाएर चर्चामा आएका गायक दिनेश गौतम नयाँ गीत लिएर सांगीतिक बजारमा आएका छन्।
दिनेशको ‘फर्केर आएन मायालु’ को म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ। पुस्तक प्रसादको शब्द संगीत रहेको यो गीतसँगै संगीत जगतमा दिनेशको कमव्याक भएको छ।
म्युजिक भिडियोमा कलाकार नाजिर हुसेन र सृष्टि खड्काको अभियन रहेको छ। निशान कश्यपको निर्देशनमा तयार भएको म्युजिक भिडियोको सम्पादन विकास दाहालले गरेका हुन्। दिनेशको ‘म ईश्वर भएको भए...’, ‘इमान बेचिदिन्छ मान्छे...’, ‘छाती भित्र पतझड राखेको छु...’, ‘हो यस्तै रहेछ माया...’ लगायतका गीत चर्चित छन्।