नेपालका लागि संयूक्त राष्ट्र संघको जनसंख्या कोष(यूनएफपिए, नेपाल)ले प्रदर्शनरतः फिल्म 'मलिका'को प्रशंसा गरेको छ। उसे आफ्नो आदिकारिक ट्विटरमार्फत अभिनेत्री रेखा थापा निर्देशित फिल्मको तारिफ गरेको हो।
ट्वीटमा उसले फिल्मले 'लैङिक विभेदको उजागर गर्दै कसरी लैगिकंतामा आधारित हिंसाले नेपाल समाजलाई विभिन्न तरिकाले प्रभावित पारेको' लेखेको छ।
फिल्मलाई रेखाले निर्माणसँगै निर्देशन पनि गरेकी हुन्। फिल्ममा उनी शीर्ष भूमिका छिन्। फिल्ममा रेखा संगै जाजरकोटकी १५ वर्षिया कमला ओलीको मुख्य भूमिका रहेको छ ।
महिला सशक्तिकरणको लागि फिल्म ‘मालिका’ मार्फत आफुले आवाज उठाएको निर्देशक/नायिका रेखा थापाको भनाइ रहेको छ ।