फिल्म ’रणवीर’ युनिटले मोसन पोष्टर सार्वजनिक गरेको छ।
सार्वजनिक पोष्टरमा फिल्मको एन्टागोनिस्ट र प्रोटागोनिस्ट बीचको द्वन्दलाई देखाइएको छ ।
’ऐश्वर्य’ मार्फत चर्चामा आएका प्रशान्त ताम्राकारसँगै सुशील सिटौला 'एन्ग्री लुक्स'मा देखिएका छन् । एक्सन , सस्पेन्स र थ्रिल मिश्रित फिल्मको मोसन पोष्टर युट्युबमा सार्वजनिक गरिको छ भने हलमा टिजर रिलिज गरिएको छ ।
फिल्ममा शिर्ष भूमिकामा सुशील सिटौला रहेका छन् । उनले फिल्मकै लागि आफ्नो शरीरमा बदलाव समेत ल्याएका छन् , जसलाई सार्वजनिक भिडियो सामाग्रीले प्रस्ट्याउने विश्वास निर्माण टीमको रहेको छ ।
सुशीलसँगै फिल्ममा प्रशान्त ताम्राकार, हरिहर शर्मा, नरेश पौड्याल , टिका पहाडी , रवी गिरी , जीवन भट्टराई , बसन्ती भट्ट लगायतको अभिनय रहेको छ ।
यसैफिल्म मार्फत शुभेच्छा खड्का र सुपुश्पा भट्ट फिल्मनगरीमा डेब्यु गर्दैछन ।