गायिका सुमन गुरूङको नयाँ गीत ‘लै बरी लै..’ सार्वजनिक गरेकी छिन्।
गुरूङकै शब्द र संगीत रहेको गीतको म्यूजिक भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका हुन्।
लोक पप शैलीको गीतको भिडियोमा युनिता खत्री, सुरबीर पण्डित (दारी बा), बिष्णु सापकोटा (हर्के हवल्दार), हत्टि नत्टि अनुपम श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ।
गीतमा युनिता र दारी बा बिचको तालमेललाई निकै रमाइलो देखाइएको छ। लामो समयपछि संगीतमा फर्किएकी गुरूङले चलचित्र एबम् अरूको गीतमा समय दिएकोले आफ्नो गीत निकाल्न समय लागेको बताइन्।