निर्माण घोषणादेखि नै 'छक्का पञ्जा ३'सँग जुध्ने भनिएको अशोक शर्मा निर्देशित 'जय भोले' अन्तत: नभिड्ने भएको छ। फिल्म असोज ३० गते रिलिज हुने घोषणा गरिएसँगै सो भिडन्त टरेको हो।
फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले आफ्नो रिलिजमितिको घोषणा गरेको हो। 'छक्का पञ्जा ३' घटस्थापनाको दिन असोज २४ गते रिलिज हुने यसअघि नै तय गरिसकिएको छ।
फिल्ममा खगेन्द्र लामिछाने स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ ।
यस फिल्मको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । १२ वर्षपछि यसै फिल्मबाट अशोक शर्मा निर्देशनमा फर्किएका छन्।