पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ सार्वजनिक भएको छ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच पूर्वप्रधानन्यायाधीश कार्कीलगायतले सो पुस्तक विमोचन गरेका हुन्।
पुस्तकमा आफूले भोगेको महाअभियोगको प्रस्ताव, विभिन्न मुद्दामा आफूले सम्पादन गरेको न्याय र व्यक्तिगत भोगाइलाई समेटिएको उनले जानकारी गराइन्।
उनका अनुसार पुस्तकमा लोकमानसिंह कार्कीको मुद्दादेखि फास्ट ट्रयाक घोटालासम्मका १० वटा मुद्दा अटाएको छ।
बुकहिलले बजारमा ल्याएको ३ सय ९२ पृष्ठको न्यायको पातलो गाताको मूल्य ६ सय ५० र हार्ड कभरको मूल्य ९०० सय रूपैयाँ रहेको छ।