असोज १२ गते रिलिज हुने सिनेमा ‘अनुराग’ले आफ्नो नयाँ गीत सार्वजनिक गरेको छ ।
सिनेमाको ‘तिम्रो सुरमा…..’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत, सत्यराज चौलागाईको शब्द तथा नेपाल आइडलका सेकेण्ड रनरअप प्रताप दासको स्वर छ ।
उक्त गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ । यो सिनेमाबाट सत्यराज चौलागाईले निर्देशनमा डेव्यु गर्दैछन् ।
चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुतकर्ता रहेको सिनेमामा, भरत गौतम र गीता भेटवालको लगानी रहेको छ ।
‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव-नायक समुन्द्र पण्डित, ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
एरिका फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमा ‘अनुराग’मा एक पृथक संगीतिक प्रेमकथा रहेको नायिका एलिजा गौतमले बताइन् ।
सिनेमामा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।