'प्रसाद' फिल्मको 'लै लै’ बोलको गीतको लिरिकल भिडियो सहित फस्टलुक सार्वजनिक गरिएको छ ।
युट्युबमार्फत् सार्वजनिक भएको उक्त भिडियोमा फिल्मका दृश्यहरु समेटिएका छन् । दृश्यमा फिल्मका मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत अटाएका छन् ।
निःसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथा बोल्ने प्रसादमा विपिन र नम्रताले दम्पत्तिको भुमिका निर्वाह गरेका छन् । लिरिकल भिडियोमा विपिनलाई दर्जीको भुमिकामा देख्न सकिन्छ ।
गणेश शाहीले लेखेका उक्त गीतमा संगीत सुवाष भुषालको संगीत रहेको छ। दिएका छन् । गीतमा केतन क्षेत्रीको स्वर रहेको छ।
फिल्मका निर्देशक दिनेश राउतले प्रसादको पुरा मर्मलाई 'लै लै’ बोलको गीतले समेट्ने भएकोले नै फिल्मको फस्टलुकसहित यस गीतलाई सार्वजनिक गरिएको बताए ।
त्यसो त फिल्ममा अर्को गीत पनि रहेको उनले बताए ।
सुवास थापाको निर्माण रहेको प्रसादको पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले तयार पारेका हुन् ।
फिल्म सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्धन्द्धले आपसी सम्बन्धमा के कस्तो असरसम्म पुराउन सक्छ भन्ने देखाउन खोजिएको छ ।
प्रसाद मंसिर २१ मा रिलिज हुने निर्माणपक्षले जनाएको छ ।